पुष ७, २०८२ सोमबार December 22, 2025

शंकर पोखरेल लिएर ओली देउवा भेट्न महाराजगञ्जमा

आगामी निर्वाचन, सत्ता सहकार्य र संसद् तथा सरकारसँग सम्बन्धित विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् । सोमबार महासचिव शंकर पोखरेललाई साथमा लिएर ओली देउवा निवास पुगेका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि औपचारिक भेटका रूपमा ओली देउवासँग भेटवार्ता गर्न महाराजगञ्ज पुगेको एमाले स्रोतले जनाएको छ । हाल दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन, सत्ता सहकार्य र संसद् तथा सरकारसँग सम्बन्धित विषयमा छलफल भइरहेको बुझिएको छ ।

ओली महाराजगञ्ज पुगेको यो दोस्रो पटक हो । यसअघि पनि उनी देउवासँग भेटवार्ता गर्न देउवा निवास पुगेका थिए । प्रमुख दुई दलका शीर्ष नेताबीचको भेटलाई समसामयिक राजनीतिक समीकरण र भावी सहकार्यको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया