काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ११ जनाको मृत्यु भएसंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३७५ जनामा पीसीआर परिक्षण गर्दा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १०६२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज ७ हजार २५
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया