पुष १८, २०८२ शुक्रबार January 2, 2026

काँग्रेस निर्वाचनबाट भाग्दैन बरु हार्न तयार छः नेता कोईराला

निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गराउन सुरक्षा नै मुख्य आधार भएको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुरक्षाको प्रत्याभूति नभएसम्म तोकिएको मितिमा निर्वाचन हुन नसक्ने बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले फागुन २१ मा तोकिएको निर्वाचन हुने अवस्था छ कि छैन भन्ने गम्भीर प्रश्न उठाए।

कोइरालाले लोकतन्त्रमा विश्वास गर्ने दल चुनावबाट नभाग्ने तर सरकारले शान्ति सुरक्षाको सुनिश्चितता गर्नुपर्ने बताए। हाल पुलिस प्रशासनको मनोबल कमजोर भएको, हजारौं कैदी फरार र सयौं बन्दुक लुटिएको उल्लेख गर्दै उनले ती सबै तत्काल फिर्ता गरिनुपर्ने माग गरे।

उनले भदौ २३ गतेको घटनामा भएको दमनको निन्दा गर्दै भदौ २४ गतेको घटनाबारे समेत गम्भीर प्रश्न उठाएका छन्। निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन गराउन सुरक्षा नै मुख्य आधार भएको उनको भनाइ छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार