पुष १८, २०८२ शुक्रबार January 2, 2026

निर्वाचनमार्फत संविधानको रक्षा गरौँ : पूर्वमन्त्री भुसाल

निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर । पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की नेत्री पम्फा भुसालले आगामी निर्वाचनमार्फत संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

नेकपा समर्थित उद्योगी व्यवसायीको सङ्गठन नेपाल उद्योग व्यापार महासङ्घ ललितपुरको आज यहाँ आयोजित दोस्रो जिल्ला अधिवेशनमा उनले जेनजी आन्दोलनमा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुपरेको र भदौ २४ गतेको विध्वंसात्मक घटनाले सङ्कट निम्त्याएको बताउनुभयो। अब सङ्कट व्यवस्थापनको उपयुक्त माध्यम निर्वाचन नै भएको उनको भनाइ थियो।

“सुशासन माग गर्दै भएको आन्दोलनका क्रममा २३ गते अप्रिय घटना भयो, २४ गते विध्वंस निम्त्याइयो। त्यो विध्वंसले अर्बौंको क्षति भएको छ। त्यसबाट सबै मर्माहत छौँ। देश अर्को दुर्घटनामा पर्ने हो कि भन्न चिन्ता छ। त्यसैले सबै समस्या समाधानका लागि अब फागुन २१ को निर्वाचन नै विकल्प हो”, नेतृ भुसालले भने।

उनले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सरकारले उपयुक्त वातावरण बनाउनुपर्ने र त्यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेकपाका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य हरि दाहाल (ललित), महासङ्घका केन्द्रीय अध्यक्ष खिमलाल भण्डारी, महासङ्घ बागमती प्रदेशका महासचिव सन्तोष पौडेल, महासङ्घ ललितपुरका अध्यक्ष राज घिमिरेलगायतले सम्बोधन गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार