पुष १८, २०८२ शुक्रबार January 2, 2026

नेकपाद्वारा कञ्चनपुरका सबै क्षेत्रबाट उम्मेदवार सिफारिस

जिल्ला तहबाट सिफारिस भएका यी नाममध्ये अन्तिम उम्मेदवारको निर्णय पार्टीको केन्द्रीय कार्यदलले गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारको नामावली सिफारिस गरेको छ । पार्टीको जिल्ला कार्यदलको बैठकले अनुभवी नेतादेखि नयाँ अनुहारसम्मलाई समेट्दै केन्द्रमा नामावली पठाएको हो ।

निर्वाचन क्षेत्र नं १ बाट पूर्व मन्त्री बिना मगरसहित सात जनाको नाम सिफारिस भएको छ । यस क्षेत्रमा अन्य सिफारिस हुने उम्मेदवारमा जीवनराज थापा, मदनसेन वडायक, तिलक भट्ट, दीपक बिसी, भक्तबहादुर अधिकारी र लोकेन्द्र लम्साल रहेका छन् ।

निर्वाचन क्षेत्र नं २ मा आकाङ्क्षीहरूको संख्या उल्लेख्य देखिएको छ । पार्टीले यस क्षेत्रबाट जयराम पाण्डेय, दुर्गा जोशी भट्ट, महेशदत्त जोशी र माधवप्रसाद पन्तको नाम सिफारिस गरेको छ । त्यस्तै लालबहादुर खड्का, हरिस ठकुल्ला (कमल क्षेत्री) र तोयराज जोशीको नाम पनि उम्मेदवारको सूचीमा समावेश गरिएको छ ।

निर्वाचन क्षेत्र नं ३ बाट पाँच जना नेता चुनावी मैदानका लागि सिफारिस भएका छन् । यसमा खेम भण्डारी, दीपकसिंह साउद, मानबहादुर सुनार, राजीव दमाई र हरकसिंह धामी रहेका छन् । यस क्षेत्रमा दलित र जनजाति समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिइएको छ ।

नेकपाका नेता जीवनराज थापाका अनुसार जिल्ला तहबाट सिफारिस भएका यी नाममध्ये अन्तिम उम्मेदवारको निर्णय पार्टीको केन्द्रीय कार्यदलले गर्नेछ । बैठकमा आकाङ्क्षीका रूपमा रहेका सबैको नाम संकलन गरी पठाइएको र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रलाई दिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार