पुष १८, २०८२ शुक्रबार January 2, 2026

समानुपातिकको बन्दसूचीमाथि पुनरावलोकन हुन्छ : सभापति लामिछाने

परिवारवादलाई पार्टी विधानलेनै दिँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की, १६ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनुभएको छ ।

पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पार्नुभयो । उहाँले हाल भइरहेको खबरदारी आफूहरूका लागि सकारात्मक भएकोसमेत उल्लेख गर्नुभयो ।

“पार्टीले बुझाएको बन्दसूचीमा केही आलोचना र गुनासो आएको छ । अन्तिम घडीमा बुझाइएकाले केही समस्या हुनसक्छ । रास्वपासँग विधि छ, विधि भन्दा बाहिर कुनै हालतमा जाँदैनौँ, ‘राइट टु रिकल’को व्यवस्थासमेत छ । परिवारवादलाई पार्टी विधानलेनै दिँदैन”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले युवाहरूको विश्वास बालेन शाहप्रति रहेको र नयाँ परिर्वतनको झिल्कोको रूपमा उहाँसँग सहकार्य गरेर प्रधामन्त्रीको रूपमा अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “युवाहरूको आन्दोलनपछि बालेनले जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्नुभयो । उहाँको सद्भाव, सल्लाह र सुझाव अनुसारनै अहिलेको सरकार बनेको हो । जेनजीको विश्वास बालेनसँग छ । देशको आवश्यकता अनुसार उहाँसँग सहमति गरेर जिम्मेवारी बाँडेका छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार