पुष १८, २०८२ शुक्रबार January 2, 2026

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेनी (म्याग्दी), १८ पुसः यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिका क्षेत्रबाट ४८ थान भरुवा बन्दुक बरामद भएको छ । अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट १६, मालिका गाउँपालिका क्षेत्रबाट २०, मङ्गला गाउँपालिका क्षेत्रबाट १४, धवलागिरि गाउँपालिका क्षेत्रबाट छ र बेनी नगरपालिका क्षेत्रबाट ११ थान इजाजत पत्र नभएका भरुवा बन्दुक बरामद भएको छ ।

म्याग्दीमा समेत पर्ने ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र र विभिन्न सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समते भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई सङ्कलन गरी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र मातहतका एकाइबाट भएका गस्ती तथा स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जङ्गल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा अवैध बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको छ । इजाजत पत्र नलिईकन भरुवा बन्दुक प्रयोग गरेमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार