पुष १८, २०८२ शुक्रबार January 2, 2026

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार ५ सयभन्दा बढी शान्ति सैनिक तैनाथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, १८ पुस (रासस/सिन्ह्वा) : संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२६ को मेसम्म थप तीन सयभन्दा बढी सैनिक बाहिरिने तयारीमा छन् ।

लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बलका प्रवक्ता क्यान्डिस आर्डेलले यो प्रक्रिया संयुक्त राष्ट्रसङ्घव्यापी बजेट कटौतीका कारण भएको स्पष्ट पार्दै मिसन समयभन्दा अगावै समाप्त हुन लागेको बताउनुभयो । उहाँका अनुसार सन् २०२५ को अगस्टमा पारित सुरक्षा परिषद्को प्रस्ताव २७९० ले मिसनको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ सम्म विस्तार गरेको छ र त्यसपछि क्रमिक रूपमा सैनिक फिर्ताको व्यवस्था गरेको छ ।

हाल दक्षिणी लेबनानमा करिब ५० देशबाट आएका १० हजार ५ सयभन्दा बढी शान्ति सैनिक तैनाथ छन् । पछिल्लो एक वर्षमा लेबनानी सेनाले लितानी नदीको दक्षिण क्षेत्रमा रहेका अवैध हतियार भण्डारण केन्द्र तथा सम्बन्धित संरचना गरी तीन सय ७० वटा नष्ट गरेको जनाइएको छ । यस कार्यमा संयुक्त राष्ट्रसंघीय मिसनले सहयोग पु¥याएको छ ।
आर्डेलका अनुसार सुरक्षा परिषद्को प्रस्ताव १७०१ कार्यान्वयनमा मुख्य चुनौती लेबनानभित्र जारी इजरायली सैन्य गतिविधि रहेको छ । यद्यपि नोभेम्बर सन् २०२४ मा लेबनान र इजरायलबीच उक्त प्रस्ताव कार्यान्वयनप्रति सहमति भएको भए पनि इजरायली स्थल तथा हवाई कारबाहीले स्थायित्वमा बाधा पु¥याइरहेको उहाँले बताउनुभयो ।

दक्षिणी लेबनानमा दीर्घकालीन स्थायित्व कायम गर्न लेबनानी सेनाको सुदृढीकरण अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले थप सहयोग र तालिम आवश्यक रहेको धारणा राख्नुभयो । साथै, उक्साहटपूर्ण अभिव्यक्तिले क्षेत्रीय तनाव अझ चर्किने चेतावनी पनि दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार