पुष २३, २०८२ बुधबार January 7, 2026

सद्भाव खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ : गृहमन्त्री अर्याल

आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २१ पुस : गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी छ भन्नुभएको छ ।

गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभएको हो ।

भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएका छ ।

छलफलमा गृहमन्त्री अर्यालले आपसी सद्भाव खलबल्याउने र एक–अर्काको धर्ममा आँच पुर्‍याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार