पुष २३, २०८२ बुधबार January 7, 2026

मौसमी कारण देखाउँदै ‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय

सदस्य देशले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भियना, पुस २१ गते । तेल निर्यात गर्ने देशको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्र मिलेर बनेको ओपेक प्लसले मौसमी कारण देखाउँदै फेब्रुअरी र मार्च महिनामा तेल उत्पादन वृद्धि रोकिरहने निर्णय गरेको छ । ओपेकले आइतबार जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिएको हो ।

यो निर्णय साउदी अरेबिया, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानलगायत ओपेक प्लसका सदस्य देशको भर्चुअल बैठकपछि गरिएको हो । बैठकमा विश्व तेल बजारको अवस्था र आर्थिक परिदृश्यको समीक्षा गरिएको थियो ।

ओपेक प्लसका यी आठ देशले अप्रिल सन् २०२५ देखि मासिकरूपमा तेल उत्पादन बढाउँदै आएका थिए । तर, गत वर्ष नोभेम्बरको अन्त्यतिर मौसमी अवस्थालाई ध्यानमा राख्दै जनवरी, फेब्रुअरी र मार्च सन् २०२६ मा उत्पादन वृद्धि रोक्ने निर्णय गरिएको थियो ।

विज्ञप्तिअनुसार, सदस्य देशले सतर्क नीति अपनाउने र बजारको अवस्थाअनुसार आवश्यक परेमा उत्पादन स्तर समायोजन गर्न पूर्ण लचिलोपन कायम राख्ने बताएका छन् । ओपेकले ओपेक प्लसका यी आठ देशको अर्को बैठक फेब्रुअरी १ मा हुने र त्यस बैठकमा आगामी निर्णय लिइने जनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार