फ्लोरिडा, अमेरिका, पुस २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आवासलाई लक्षित गरी ड्रोन आक्रमण नगरेको अमेरिकी अधिकारीको निष्कर्ष रहेको बताउनु भएको छ ।
यसअघि क्रेमलिनले युक्रेनले पुटिनको आवास नजिक ड्रोन आक्रमण गरेको दाबी गर्नु भएको थियो । ट्रम्पका अनुसार पुटिनको आवास नजिक कुनै घटना भएको हुन सक्छ, तर सो आवास नै लक्षित गरिएको प्रमाण अमेरिकी पक्षले फेला पारेको छैन । उहाँले आवश्यक जाँचपछि यस्तो निष्कर्षमा पुगेको बताउनुभयो ।
यो आरोप युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबिच युद्ध अन्त्यका लागि प्रस्तावित २० बुँदे योजनाबारे वार्ता भएको लगत्तै आएको थियो । जेलेन्स्कीले सुरुबाटै सो आरोप अस्वीकार गर्नु भएको थियो । युरोपेली अधिकारीले पनि उक्त दाबी शान्ति प्रयासलाई कमजोर पार्ने रुसी प्रयास भएको बताएका छन् । ट्रम्पले युक्रेन युद्ध छिटो अन्त्य गर्ने प्रतिवद्धता जनाउँदै आउनु भएको छ, तर रुसी पक्षले आफ्ना मुख्य उद्देश्य पूरा नभएसम्म वार्तामा रुचि नदेखाएको सङ्केत दिएको छ । रासस/एपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया