पुष २३, २०८२ बुधबार January 7, 2026

यमनका पक्षबिच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

यमनमा विद्रोही समूहलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्टोक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अङ्कारा, पुस २१ गते । टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षबिच संवाद  गर्न आफ्नो देश तयार रहेको बताउनु भएको छ । साउदी युवराज मोहम्मद बिन सलमान अल सउदसँग आइतबार भएको टेलिफोन वार्ताका क्रममा एर्दोगानले यमनमा विद्रोही समूहलाई एकै टेबलमा ल्याउने प्रयासमा टर्कीएले सक्रिय भूमिका खेल्न इच्छुक रहेको स्पष्ट पार्नु भएको छ ।

टर्कीएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो । एर्दोगानले यमनमा विकसित हुँदै गएको अवस्थालाई टर्कीएले नजिकबाट अनुगमन गरिरहेको बताउँदै देशको भौगोलिक अखण्डता संरक्षण गर्नु शान्ति स्थापनाको आधार भएकोमा जोड दिनु भएको छ । सन् २०१४ देखि यमन गहिरो द्वन्द्वमा फसेको छ । सो वर्ष विद्रोही हुथी समूहले राजधानी साना सहित उत्तरका व्यापक क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले हस्तक्षेप गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको दक्षिणी ट्रान्जिसनल काउन्सिलले दक्षिणी यमनका लागि आत्मनिर्णय र अन्ततः स्वतन्त्रताको माग गर्दै आएको छ । सन् २०२२ मा साउदी नेतृत्वको गठबन्धनमा सामेल भई यमनको राष्ट्रपति नेतृत्व परिषदमा समावेश भए पनि शक्ति बाँडफाँड र स्रोत नियन्त्रणका विषयमा जारी विवादका कारण दक्षिणी सार्वभौमिकताको माग निरन्तर उठिरहेकै छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार