काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया