काठमाडौँ, पुस २२ गते। सरकारले हालै बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नुभएको हो।
प्रवक्ता खरेलका अनुसार पुस ११ गते र पुस २१ गते बसेका मन्त्रिपरिषद् बैठकबाट भएका ३५ वटा निर्णय एकैपटक सार्वजनिक गरिएको हो। उहाँले सरकार पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नियमित रूपमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरिँदै आएको जानकारी दिनुभयो।
सार्वजनिक गरिएका निर्णयहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत निर्णय, प्रशासनिक सुधार, नियुक्ति तथा सरुवा, विकास निर्माणसँग सम्बन्धित प्रस्ताव स्वीकृति, कानुनी तथा संस्थागत व्यवस्था लगायतका विषय समेटिएका छन्। ती निर्णयहरूले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र समग्र सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास सरकारको रहेको प्रवक्ता खरेलले बताउनुभयो।
पत्रकार सम्मेलनमा सञ्चारमन्त्री खरेलले सरकारको पछिल्लो कामकारबाही, प्राथमिकता तथा आगामी कार्यदिशाबारे पनि जानकारी गराउनुभएको थियो। उहाँले सरकारले आर्थिक, सामाजिक र प्रशासनिक क्षेत्रमा सुधारका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो।
सरकारका निर्णयहरू सार्वजनिक भएसँगै ती निर्णयहरूको कार्यान्वयन प्रक्रिया सम्बन्धित मन्त्रालय तथा निकायमार्फत अघि बढाइने जनाइएको छ।




युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया