पुष २३, २०८२ बुधबार January 7, 2026

कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

यस्तै घटना दोहोरियमा थाइल्यान्डले बदला लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैंकक, पुस २२ गते । कम्बोडियाले मङ्गलबार सीमापार मोर्टार फायर गरी थाई सैनिकलाई घाइते बनाएको उल्लेख गर्दै थाइल्यान्डले कम्बोडियालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रबिचको दशकौँ पुरानो सीमा विवाद गत वर्ष धेरै पटक सैन्य झडपमा परिणत भएको थियो भने डिसेम्बरमा भएको लडाइँमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै दुवै पक्षका करिब १० लाख विस्थापित भएको जनाइएको छ । दुई देशले तीन हप्ताको झडपको अन्त्य गर्दै डिसेम्बर-२७ मा युद्ध विराममा सहमती जनाएका थिए ।

कम्बोडियाको सेनाले थाइल्यान्डको उबोन रत्चथानी प्रान्तमा मोर्टार राउन्ड फायर गरेको आरोप लगाउँदै थाई सेनाले मङ्गलबार विज्ञप्तिमार्फत कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको जनाएको छ । गोली हानाहानमा एक जना थाई सैनिक घाइते भएको थाई सेनाले जनाएको छ । थाई सेनाले कम्बोडियन पक्षले थाई सैन्य एकाइलाई सम्पर्क गरी थाई क्षेत्रमा गोली चलाउने मनसाय नभई कम्बोडियन कर्मचारीको हतियार परिचालन त्रुटिको कारण  विस्पोट भएको दाबी गरेको छ ।

थाई सेनाले भने कम्बोडियन सेनालाई सावधानी अपनाउन चेतावनी दिँदै यदि यस्तै घटना दोहोरियमा थाइल्यान्डले बदला लिने जनाएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मङ्गलबार कम्बोडियाको प्रेह विहार प्रान्तमा दुई कम्बोडियन सैनिक घाइते भएको र एक जना गम्भीर घाइते भएको बताउनु भएको थियो ।

कम्बोडियाका सेनाले “सङ्गठन र व्यवस्थित” कर्तव्य पालन गरिरहेको अवस्थामा विस्फोट भएको जनाउदै उहाँले विस्पोटमा घाइते भएका दुई  सैनिकलाई अस्पतालमा भर्ना गरेको उल्लेख गर्नु भएको छ । एमराल्ड ट्राएङ्गल भनेर चिनिने सीमा क्षेत्रमा विस्फोट भएको जनाउँदै सोचेटाले यो दुवै देश र लाओसको सीमा भएको बताउनु भयो ।

गत मे महिनामा, यस क्षेत्रमा थाई सेनासँगको गोली हानाहानमा एक कम्बोडियन सैनिकको मृत्यु भए पछि सीमा द्वन्द्व पुनः स्थापित भएको थियो । थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले “युद्धविराम उल्लङ्घन भएको” भन्दै नोम पेन्हमा विरोध दर्ता गरेको बताउदै थाइल्यान्डसँग कम्बोडियालाई “जवाफ दिने क्षमता” रहेको जनाउनु भएको छ ।

यी राष्ट्रको लामो समयदेखि चलिरहेको द्वन्द्व उनीहरूको ८०० किलोमिटर सिमानाको औपनिवेशिक युगको सीमाङ्कनको विवादबाट उत्पन्न भएको जनाइएको छ, जहाँ दुवै पक्षले क्षेत्र र शताब्दीयौं पुरानो मन्दिरका भग्नावशेषमा दाबी गरेका छन् । डिसेम्बरको युद्धविराम अन्तर्गत, कम्बोडिया र थाइल्यान्डले युद्धविराम गर्ने, सेनाको गतिविधिको अवरोध गर्ने र आफ्नो सीमामा सुरक्षा प्रयासमा सहयोग गर्ने बाचा गरेका छन् ।

डिसेम्बर-३१ मा, बैंकले जुलाईदेखि पक्राउ परेका १८ जना कम्बोडियन सैनिकलाई रिहा गरेको थियो । थाइल्यान्डको विदेश मन्त्रालयले उनीहरूको रिहाइ सदभावना र विश्वास निर्माणको आधार भएको बताएको छ । नोम पेन्हले गत हप्ता उनीहरूको फिर्तीले आपसी विश्वास निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने विषयमा “आशावादी” रहेको बताएको छ । संयुक्त राज्य अमेरिका, चीन र मलेसियाले जुलाईमा कम्बोडिया र थाइल्यान्डबिचको लडाइँ अन्त्य गर्न मध्यस्थता गरेका थिए । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार