पुष २३, २०८२ बुधबार January 7, 2026

इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो

जनवरी ५ देखि जनवरी १८ सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जकार्ता, पुस २२ गते । इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी सुलावेसीमा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६ जना पुग्नुका साथै अन्य तीन जना बेपत्ता रहेको राष्ट्रिय विपद न्यूनीकरण एजेन्सी (बिएनपिबी)ले जनाएको छ ।

blogविपदले सितारो टापु रिजन्सीलाई स्थानीय समय अनुसार बिहान लगभग २:३० प्रहार गरेको  तथा  लामो वर्षाको कारणले नदीको सतह बढेको (बिएनपिबी)ले जनाएको छ । एजेन्सीका अनुसार चार जिल्लामा कम्तीमा १४८ घर प्रभावित भएका छन्, जसमा सात वटा घर ध्वस्त भएका छन् भने २९ वटा गम्भीररूपमा क्षतिग्रस्त तथा ११२ वटा सामान्य क्षतिग्रस्त भएका छन् ।

मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तीमा (बिएनपिबी)को डाटा एन्ड इन्फर्मेसन सेन्टरका प्रमुख अब्दुल मुहारीले आपदामा २२ जना घाइते भएको र उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको बताउनु भएको छ । उहाँले ६८२ जना बासिन्दा हाल सुरक्षित अस्थायी आश्रयमा बसिरहेको उल्लेख गदै आपतकालीन प्रतिक्रिया प्रयास विपद व्यवस्थापन एजेन्सी, खोजी र उद्धार टोली, सेना, प्रहरी र स्वयं सेवकद्वारा संयुक्त रूपमा भइरहेको बताउनु भएको छ ।

स्थानीय अधिकारीले जनवरी ५ देखि जनवरी १८ सम्म १४ दिनको आपतकालीन प्रतिक्रिया अवधि घोषणा गर्दै चरम मौसमी जोखिमको बिचमा बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । इन्डोनेसियाले यस अघि पनि वर्षाको मौसममा बारम्बार आकस्मिक बाढी र पहिरोको सामना गर्दै आएको जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार