पुष २३, २०८२ बुधबार January 7, 2026

श्रीलङ्कामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन

नोभेम्बरको अन्त्यमा श्रीलङ्कमा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कोलम्बो, २२पुस (रासस/सिन्ह्वा) : सन् २०२५मा श्रीलङ्कामा सबैभन्दा धेरै विदेशी पर्यटकहरूको आगमन रेकर्ड गरेको जनाइएको छ । श्रीलङ्कामा आएको चक्रवात दितवाहले गर्दा आएको अवरोधका बावजुद पनि पर्यटन आय नयाँ वार्षिक रेकर्डमा पुगेको श्रलङ्काका विदेश मन्त्री विजिता हेराथले पत्रकारहरु सँगको साक्षतकारमा बताउनु भएको छ ।

परराष्ट्र मामिला, विदेश रोजगार तथा पर्यटन मन्त्री हेराथले श्रीलङ्काले यस वर्ष २३ लाख ६० हजार भन्दा बढी विदेशी पर्यटकहरूले श्रीलङ्का भ्रमण गरेको बताउनु भएको छ जुन एक वर्षमा रेकर्ड गरिएको सबैभन्दा बढी सङ्ख्या हो ।

पर्यटन राजस्व मात्र सन् २०२५ तीन अरब २० करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै देशको विदेशी मुद्रा को दोस्रो ठूलो स्रोतको रूपमा पर्यटन व्यावसाय भएको उहाँले पुष्टि गर्नु भएको छ ।

नोभेम्बरको अन्त्यमा श्रीलङ्कमा आएको चक्रवात दितवाको प्रभावका बावजुद पर्यटकहरूको आगमन बलियो रहेको बताउदै उहाँले मन्त्रीले नीतिगत समर्थन उपाय र प्रवद्र्धन गतिविधिका कारण विपत्ति पछि पनि पर्यटन आगमन जारी रहेको बताउनु भएको छ ।

श्रीलङ्काले सन् २०२६ मा न्यूनतम ३० लाख विदेशी पर्यटक आगमनको लक्ष्य राखेको छ, जुन सन् २०२५ को भन्दा करिब २७ प्रतिशतले बढी हो । चक्रवात पछि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२६ का लागि समग्र वृद्धिको अनुमानलाई २।९ प्रतिशतमा संशोधन गरेको कारण पर्यटन वृद्धिले आर्थिक सुधार प्रयासमा योगदान गर्ने श्रीलङ्काली अधिकारीहरूले अपेक्षा गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार