पुष २३, २०८२ बुधबार January 7, 2026

सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन

घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ पुसः राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोकी सामाजिक सद्भाव कायम राख्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्नका लागि संयमित भई कार्य गर्न र घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई निर्देशन दिइएको छ ।

“व्यक्तिको मानमर्यादा, प्रतिष्ठा र सामाजिक तथा सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्न, घटनाको गाम्भीर्यताप्रति संवेदनशील हुँदै संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न, धार्मिक सामाजिक सद्भाव कायम हुने क्रियाकलाप र गतिविधि गर्न आयोग राजनीतिक दल, धार्मिक सङ्घसंस्था, धर्म गुरु, धार्मिक एवं सामाजिक अभियन्ता तथा नागरिक समाजलाई अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, एकापसमा देखिएका विमतिहरूको समाधान वार्ताको माध्यमबाट खोज्नसमेत आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय शिक्षा नीति परिवर्तन गर्न आवश्यक छ : पूर्वप्रधानमन्त्री खनाल
२०८२ पुष २३, बुधबार
स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट
२०८२ पुष २३, बुधबार
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
२०८२ पुष २३, बुधबार
ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
२०८२ पुष २३, बुधबार
कम्बोडिया थाइल्यान्डसँगको युद्धविराम लागु गर्न प्रतिबद्ध : हुन सेन
२०८२ पुष २३, बुधबार
रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामद्धारा उम्मेदवारी फिर्ताको घोषणा
२०८२ पुष २३, बुधबार
कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८२ पुष २३, बुधबार