काठमाण्डाैंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको स्वाब परीक्षण नगर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न निर्देशन दिएका छन्। सरकारले मृत्यु भइसकको व्यक्तिहरुको पीसीआर परीक्षण नगर्ने निर्णय गरेको हो।
प्रवक्ता गौतमले भने, ‘मृत्यु भएका व्यक्तिहरुको नमुना झिकेर कोरोना परीक्षण गरेको सूचना आएको छ, तर अब त्यस्तो नगर्न निर्देशन छ, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिको मृत्यु भएर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया