असार २२, २०८२ आइतबार July 6, 2025

सरकारले तोकेको भाडाको दुईतिहाई बढाएर पहिला हजार तिर्नुहुन्थ्यो भने अब १५०० तिनुपर्छः विजय स्वाँर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाँईहरू आजबाट देशभरि यातायात सूचारु गर्दै हुनुहुन्छ । बताउनुहोस्, कसरी गर्दै हुनुहुन्छ ? मापदण्ड के-के छन ?

मापदण्ड त हिजो मन्त्रालयमा बैठक बसिएको थियो । दुईवटै चीजहरूमा हामीेले सन्तुलन राख्नुपर्दछ । यातायातलाई सूचारु गरेर आर्थिक चलायमान गराउने कुरा आएको छ । सरकारले निजी क्षेत्रको आवाज सुनेको छ । त्यसमा म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

अब देशभरि तपाईहरूले यातायात सुचारु गर्दै हुनुहुन्छ । तपाँईहरूको तयारी के के छन् ? कसरी जाँदै हुनुहुन्छ ? कति ओटा बस चल्दैछन् ?

आज विश्वकर्मा बाबाको पूजा । उहाँलाई पहिला प्रणाम गर्न चाहन्छु, ॐ भन्न चाहन्छु । हामी आज सवारी साधनहरूको सरसफाइदेखिका कामहरू गर्छौँ । हामीले सम्भव भएसम्मका गाडीहरू, जनताको माग अनुसार कार्यलाई अगाडि बढाउँछौँ । त्यसोभए आजबाट तपाईहरूले गाडी सञ्चालन गरिरहँदाखेरि पचहत्तर, सत्तहत्तर नै जिल्लातिर जान्छ ? पुग्छ आज, गाडी ? पुग्छ भन्दा पनि आवश्यकता अनुसार म्यानेज गर्दै जाने हो । अब हामीले चलाउने भन्दैमा खालि गाडि चलाउने होइन । हो, एक ठाउँबाट अर्को ठाउँमा जानको लागि सरकारले बाटो खोलिदिएको छ । यसलाई उपयोग गर्दै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संक्रमण नहुने तरिकाबाट दुईतिहाई भाडा समायोजन गरेर अगाडि सञ्चालनमा ल्याउने भनिएको छ ।

अब स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकल तपाईहरूले कार्यान्वयन गर्नुहुन्छ, आजबाट ?

स्वास्थ्य मन्त्रालय तथा यातायात व्यवस्था विभाग र हामी मजदुर ट्रेड युनियनले पनि सुझाव दिएका छौँ । भदौ १ गतेदेखि भन्दा अगाडिदेखि हामीले सुझाव दिएका छौँ । यो १ महिना अगाडिदेखिको कुरा हो । मन्त्रिपरिषदले यो प्रोटोकललाई पारित गरेर लागू गर्ने भन्ने कुरा छ ।

प्रोटोकलको कुरा गर्दाखेरि बसमा सावधानी कसरी अपनाउने ? मान्छेहरू त समस्या, जोखिममा पर्न सक्छन् नि ? यात्रुहरूलाई त समस्या आउन सक्छ, संक्रमण हुन सक्छ ?

त्यसमा हामी सचेत छौँ । हामी आम नेपाली दाजुभाइहरू सचेत भईसकेका छौँ । किनभने हामीले यो रोगसँग सँगसँगै हिँड्न सकेनौँ, जाँदैँनौ भने यसले दुर्घटना निम्त्याउँछ । हामी सचेत भईसकेका छौँ । सुरक्षित हाम्रा गाडीहरू छन् । हाम्रा सवारी साधनका झ्यालहरू सबै खुल्ला रहन्छन् । हावा त्यहाँ पास हुने अवस्था रहन्छ । त्यसमाथि ए.सी. चल्छ । सामाजिक दूरी कायम गरेर हामी चलाउँछौँ । चढ्ने र ओर्लने बेलामा स्यानिटाइजरको व्यवस्था गर्छौँ । बसमा अनिवार्य मास्कको हामी प्रयोग गर्छौँ । त्यसका साथसाथै हाम्रा चालक, परिचालकहरूलाई नेपाल यातायात व्यवसायी महासंघले एउटा प्रशिक्षण गराएर कार्यनीति अनुसार कार्यविधि दिन्छौँ ।

लामो दूरीका सवारी साधनको कुरा गर्दाखेरि आधा मात्र चल्ने हो आजबाट ?

सरकारले आधा नै भनेर तोकेको छैन । तर हामीले के भनिरहेका छौँ भने आवश्यकता अनुसार चलाउनुहोला । त्यसै चलाउने भन्ने पनि कुरा होइन । विशेष परिस्थिति छ । यो कोभिडको एउटा महामारी भएको अवस्था छ । यसलाई मध्यनजर राखेर आवश्यकताको आधारमा हिँड्नुपर्छ । उपभोक्ता समितिदेखि लिएर विभिन्न तहसम्म सरकारले निर्णय गरिदिनुुस् ।

होइन तपाईहरूले कुल संख्याको आधा मात्र यात्रु बोक्न पाउनुहुनेछ ? यतिखेर भाडा तपाईहरूले धेरै बढाउनुभयो नि ?

होइन, भाडा हामीले बढाएका होइनौँ । सरकारले तोकिसकेको छ । दुईतिहाई भाडा बढाएको हो । यो धेरै बढाएको होइन । नाफामा नै जाने हो भने यो पुग्दैन ।

यात्रुहरूलाई त शास्ति हुने भयो नि त । हाम्रो बल्लबल्ल बस चढ्न पाएका छन्, धेरै पनि भाडा वृद्धि गर्दाखेरि के गर्ने ?

सार्वजनिक यातायात चल्दाखेरि पब्लिकलाई सुविधा हुन्छ । म के जानकारी गराउन चाहन्छु भने सबै प्राइभेट गाडीहरू, प्रदेशमा सबै गुडेका थिए । त्यसमा धनगढीबाट काठमाडौँसम्म आउनको लागि यात्रुहरूले १५००० सम्म तिरेका थिए । अब त्यो पर्दैन । नेपाल सरकारले तोकेको भाडाको दुईतिहाई बढाएर पहिला १००० तिर्नुहुन्थ्यो भने अहिले १५०० तिनुपर्छ । त्यसलाई पनि सरकारले म्यानेज गर्न चाह्यो भने त्यो पनि म्यानेज हुनसक्छ । हामीले तिर्नुपर्ने बैंकको ब्याजको किस्ता केही नभने पनि छ महिना सारिदिने हो भने भाडाको दरलाई अझ कम गरेर लग्न सकिन्छ ।

अब कहिलेबाट टिकट बुकिङ्ग हुन्छ ?

दुःखद कुरा के हो भने हामीलाई भाडा, भाडा भनेर भनिएको के हो भने यसमा लाग्ने सेवा र म्यानेज गर्नुपर्ने कुराहरूमा हामीले दिने सेवा नै महत्वपूर्ण कुरा हो । तर हामीले सरकारलाई के भनेका छौँ भन्दाखेरि १० वर्षदेखि स्थिर रहेको भाडालाई कानुनी रूपमा निश्चित गर्नुपर्ने दायित्व सरकारले पूरा गर्नुपर्छ । यातायात व्यवसायी विभागले कोभिडभन्दा अगाडि कुरा उठाएको हो । चाँडोभन्दा चाँडो सरकारले नागरिकमाथिको दायित्व पूरा गर्छ भन्नेमा हामी आशावादी छौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार