काठमाडौंः मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । केहिबेरपछि बस्ने बैठकमा केही महत्वपूर्ण निर्णय हुने जनाएको छ । आजको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्तिको विषय फेरि उठाउने तयारी गरिएको छ ।
घिसिङको नियुक्ति प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किएको छ । यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि उक्त प्रस्ताव पुनले अघि बढाउनु भएको भएपनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए ।
आजको बैठकमा बेलायत लगायत केही देशमा रिक्त राजदुत नियुक्तिबारे छलफल गर्ने सम्भावित कार्यसुची छ । सरकारले बेलायतका लागि नेपाली राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया