काठमाण्डाैंः सत्तारुढ नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभा सदस्यको शपथ लिएका छन् । बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित एक कार्यक्रममा गौतमलाई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
गौतमको शपथ कार्यक्रममा नेकपाका नेताहरू उपस्थित भएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेकी थिइन् ।
शथप लिएसँगै नेकपा सचिवालयका ९ जना सदस्य नै संघीय संसदको सदस्य बनेका छन् । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिश गरेको थियो ।
गौतमले २०७४ सालको प्रतिनीधिसभा चुनावमा बर्दियाबाट काँग्रेसका सञ्जय गौतमसँग पराजीत भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया