माघ १३, २०८२ मंगलबार January 27, 2026

परराष्ट्रमन्त्री शर्मासँग गैरआवासीय नेपाली सङ्घको भेट

एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बाह्रौँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटघाट गरेको छ ।

मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई भेटेर १२औँ महाधिवेशन तथा अन्तरराष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा हालसम्म भएका प्रगति विवरण जानकारी गराएको हो ।

एनआरएनएका प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शर्मालाई सङ्घको १२औँ महाधिवेशनका लागि मूल आयोजक कमिटी गठनको प्रगतिबारे जिज्ञासा राखेको थियो । सो सम्बन्धमा मन्त्रालयको डायस्पोरा डिभिजनले काम गरिरहेको बताइएको छ । एनआरएनएको महाधिवेशनका लागि परराष्टमन्त्रीको अध्यक्षतामा नेपाल सरकार उच्चस्तरीय आयोजक समिति गठन गर्ने व्यवस्था छ ।

भेटका अवसरमा उपाध्यक्ष डा हेमराज शर्माले सङ्घको १२औँ महाधिवेशन विशेषतः बृहत् एकतापछि आयोजना गर्न लागिएको महाधिवेशन सम्पन्न गर्न लागेको जानकारी गराउनुभयो ।

परराष्ट्र मन्त्रालयले तयार गरेको गैरआवासीय नेपालीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा मन्त्रालय र सङ्घले मिलेर थप परिमार्जन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । यस सम्बन्धमा आवश्यक परिमार्जन गर्न मन्त्रालय र सङ्घले सहकार्य गर्न सकिने बताइएको छ ।

भेटमा कोषाध्यक्ष सुजन थापा, सङ्घका सिइओ राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार