माघ १३, २०८२ मंगलबार January 27, 2026

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक: मन्त्री गौतम

आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले सङ्घीय सरकारको मात्र बजेटले स्वास्थ्य बिमा कार्यक्रमलाई अपुग भएकाले प्रदेश सरकार र स्थानीय तहहरुले समेत बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । अहिले पनि थुप्रै अस्पतालले स्वास्थ्य बिमाको बजेट नपाएको गुनासो आइरहेको बताउँदै सरकारसँग बजेट अभाव भएकै कारण भुक्तानी दिन नसकिएको बताउनुभयो ।

अर्थ मन्त्रालयमा माग गर्दा बजेट नभएको भनेपछि स्वास्थ्य मन्त्रालयकै बजेटबाट झन्डै रु एक अर्ब बिमा बोर्डलाई भुक्तानी भएको उहाँको भनाइ छ ।

मन्त्री गौतमले आफूले विभिन्न प्रदेशअन्तर्गतका बैठकमा प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी बजेटमा स्वास्थ्य बिमाका लागि पनि रकम विनियोजन गर्न आग्रह गरेको बताउनुभयो । मन्त्री गौतमले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका लागि अहिलेको सरकारले निरन्तर पहल गरिरहेको बताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थाहरूमा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै मन्त्री गौतमले नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाका पु¥याउनका लागि विभिन्न नीति र योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता लागिसकेकाले कतिपय कामहरू अघि बढाउन नसकिएको बताउनुभयो ।

उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका जेनजीहरुको उपचारका लागि सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले घाइतेको उपचारमा कुनै समस्या नभएको तर अङ्ग प्रत्यारोपण गर्नुपर्नेहरुको व्यवस्थापनमा सरकार लागिरहेको बताउनुभयो । उहाँले सहिद परिवारहरूले विभिन्न सेवा सुविधा माग गरिरहेकाले सरकारले आवश्यक छलफल गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री गौतमले आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारका तर्फबाट सम्पूर्ण तयारी भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक दल, मतदाता र युवा पुस्ताले पनि सहयोग गर्न आग्रह गर्नुभयो । आफ्नो कार्यकाल छोटो भए पनि आगामी सरकारले अघि बढाउने गरी स्वास्थ्य क्षेत्रमा केही सुधारका कामहरू गरिरहेको उहाँको दाबी रहेको छ ।

सो अवसरमा प्रदेश अस्पताल पर्वतका अध्यक्ष याम परियारले अस्पतालका लागि आवश्यक जनशक्ति, उपकरण, बिमा बापतको रकम उपलब्ध गराई दिनेलगायत विभिन्न माग समेटिएको मागपत्र पेस गर्नुभएको थियो । उहाँका अनुसार उक्त अस्पतालले बिमा बापतको रु तीन करोड भुक्तानी पाउन बाँकी छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार