माघ १३, २०८२ मंगलबार January 27, 2026

अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन

निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिरहा । यहाँको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा ‘परीक्षण’का लागि राखिएको शव साटिएको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनका कारण उत्पन्न तनावलाई मध्यनजर गर्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धानका लागि समिति गठन गरिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष र प्रहरी निरीक्षक सहभागी रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रन्जित झालाई केही समयका लागि बिदामा बस्न र शव गृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेका छौँ ।”

गत शनिवार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो । सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको अवस्थामा अस्पतालले झुक्किएर निशाको शव राधिकाको परिवारलाई बुझाएको थियो ।  परिवारले आइतबार नै शवको अन्त्येष्टि गरिसकेका छन् ।

सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन पुग्दा मात्रै शव साटिएको रहस्य खुलेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार