माघ १६, २०८२ शुक्रबार January 30, 2026

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १५ माघ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ ।

जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिए ।

उनका अनुसार कास्कीमा वैकल्पिक सूचीमा रहेका निर्वाचन प्रहरीलाई स्याङ्जामा खटाउने तयारी भइरहेको छ । सुरुमा दरखास्त कम परेपछि दुई पटकसम्म म्याद थप गरेर निर्वाचन प्रहरीको छनोट गरिएको छ ।

निर्वाचन प्रहरीमा नियुक्ति तथा तालिमका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरूलाई सूचित गरिएको छ ।

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।

अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि योग्य हुने व्यवस्था छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम दिइने समितिका सदस्यसचिव बरालले बताउनुभयो ।

निर्वाचन प्रहरीको कार्य अवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी नियुक्त गर्नेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन प्रहरीबाहेक तीनवटै सुरक्षा निकायका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालित हुने जनाइएको छ । विभिन्न दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
२०८२ माघ १६, शुक्रबार
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छ: रास्वपा
२०८२ माघ १६, शुक्रबार
सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
२०८२ माघ १६, शुक्रबार
आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता
२०८२ माघ १६, शुक्रबार
युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन
२०८२ माघ १६, शुक्रबार
राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी घोषणापत्र सार्वजनिक
२०८२ माघ १६, शुक्रबार
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
२०८२ माघ १६, शुक्रबार