काठमाडौंः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आइतबारबाट सुरु भएको सचिवालय बैठकमा एजेन्डाकै रूपमा यसले प्रवेश पाएको छ ।
नेकपाका केन्द्रीय सदस्यहरूलाई मासिक रूपमा पारिश्रमिक वापत् सुविधा उपलब्ध गराउने विषयमा छलफल भएको पार्टीक प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारि दिए ।
साना कम्युनिस्ट पार्टीहरूले पनि नियमित रूपमा सदस्यहरूलाई मासिक खर्च उपलब्ध गराउँदै आएको छ । साविक नेकपा एमालेले राजकीय जिम्मेवारीमा नरहेकाहरूलाई निर्वाह खर्च भनेर मासिक १० हजार रुपैयाँ दिने गरेको थियो ।
नवौं महाधिवेशनपछि पनि एमालेले यसलाई निरन्तरता दिएको थियो । एकीकरणपछि यो क्रम टुटेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया