काठमाण्डौंः वीर अस्पतालमा ज्यान गुमाएका रुपन्देहीका कैदीबन्दीबारे सामजिक सञ्जालमा आएका सबै समाचारहरु गलत भएको भन्दै अस्पतालले आपत्ति जनाएको छ ।
मङ्गलबार साँझ विज्ञप्ति निकाल्दै अस्पतालले सामाजिक सञ्जालमा विवादास्पद कुरा आएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कोरोना सङ्क्रमित ती व्यक्तिलाई असोज ३ गते राति वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । उनको आकस्मिक कक्षमा ल्याएर जाँच गर्ने बित्तिकै मृत्यु भइसकेको थियो, त्यसको जानकारी परिवारलाई दिएका हौँ ।
सेन्टर जेलबाट आएकाले त्यहाँ कोभिडको धेरै केस भएकाले पीसीआर गर्नुपर्ने भएर असोज ४ गते जाँच गर्न नमुना पठाएकोमा ५ गते रिर्पोट पोजेटिभ आएको हो ।’
साथै अस्पताल प्रशासनले मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यममा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक प्रचार भएको भन्दै अस्पताल प्रशासनले त्यसमा यथार्थता नभएको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया