काठमाण्डौंः मोरङमा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर-१० का ८६ वर्षीय वृद्ध रहेका छन् ।
उनको आज बिहान बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भदौ ५ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि ती वृद्धलाई उपचारका लागि आइसोलेसनमा भर्ना गरिएको थियो।
उनलाई ज्वरो, नियमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया