काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या ४३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार ४४९ जनामा पीसीआर परिक्षण गर्दा १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।
यस्तै थप १८९३ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ४९ हजार ८५४ पुगेको छ । यो संख्या कुल संक्रमितको ७३ दशमलव ७ प्रतिशत हो । आज देशभर ७१०४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया