काठमाडौंः चीनसंग कुनैपनि सिमा विवाद नभएको सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको बताए ।
हुम्लाको लिमि उपत्यकामा चीनले नेपाली भूमिमा भवन निर्माण गरेको समाचार सञ्चार माध्ययमहरुमा सार्वजनिक भएपछि सरकारले यस्तो प्रतिक्रिया दिएको हो ।
उनले भने, ‘अहिलेसम्म चीनसँग कुनै पनि क्षेत्रमा सीमा समस्या छैन’। ०७३ सालमा पनि यस्तै समाचार सार्वजनिक भएको भएको रहेछ ।’
लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको जानकारी दिँदै मन्त्री ज्ञवालीले उक्त टोलीले थप तथ्य ल्याउने उनको भनाइ छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया