असार २९, २०८२ आइतबार July 13, 2025

पाँचखाल वीरेन्द्र तालिम केन्द्रका ६२ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काभ्रेपाल्चोकको पाँचखालस्थित वीरेन्द्र तालिम केन्द्रमा रहेका ६२ जना सैनिकलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनीहरूमध्ये अधिकांश सैनिकहरू शान्ति सेनामा जाने पर्खाइमा थिए। गत भदौ २९ गते लिबिया जान लागेका ३७ सैनिकलाई कोरोना संक्रमण देखिएको थियो।कोरोना संक्रमण देखिएकै कारण लिबियाको उडान स्थगित भएको थियो।उनीहरूलाई देखिएकै आधारमा कन्ट्याक ट्रेसिङ गर्दा ६२ जनामा कोरोना संक्रमण देखिएको सैनिक स्रोतले बतायो।

’शान्ति मिसनका लागि जाने सैनिकहरूले तालिम लिने ठाउँमा यसरी संक्रमण देखिँदा हामीलाई झस्काएको छ। मिसन जाने तयारी र सुरक्षामा खटिएका गरी पाँचखालमा २ हजार भन्दा सैनिक छन्,’सैनिक स्रोतले भन्यो,’कोरोनाको कारण शान्ति मिसन प्रभावित नहोस् भनेर हामीले सतर्कता अपनाएका छौं।

हामीले बढीभन्दा बढी सचेत भएर यसलाई अन्त्य गर्ने काम सुरू गरेका छौं।’देशभर अहिलेसम्म नेपाली सेनामा २ हजार १ सय ४५ जना सैनिकलाई कोरोना संक्रमण देखिएको छ। जसमध्ये ४ सय ८९ जना निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार