असार २९, २०८२ आइतबार July 13, 2025

सुदूरपश्चिममा थप ३९ जनामा कोरोना संक्रमण पुष्टीः धनगढीमा एकै परिवारका १० जनामा कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका तीन वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३४९ जनाको परीक्षणमा कैलालीका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिकाका विभिन्न वडाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै लम्कीचुहा नगरपालिका चार जना, गोदावरी नगरपालिकाका एक जना र जानकी गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै डोटी जिल्ला अस्पताल कोभिड–१९ प्रयोगशालामा १२९ जनाको परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पताल कोभिड–१९ प्रयोगशालामा ४३ जनाको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बैतडीका पुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिका १ जना तथा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एकै परिवारका १० जनामा कोरोना पुष्टि

कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएका एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका–११ का एकै परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका १० जना एकै परिवारको सदस्य रहेको धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए। वडा नम्बर ११ का कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा एकै परिवारका १० जनामा संक्रमण पुष्टि भएको उपाध्यायले बताए।

थप ३ प्रहरीमा कोरोना

धनगढीमा कार्यरत थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार