काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको असन्तुष्टि अझै सेलाइसकेको छैन । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा लगिए पनि उनको चाहनाविपरीत प्रधानमन्त्री ओली लागिपरेको आरोप लगाइएको छ । गत आइतबार कोटेश्वरको पेरिसडाँडामा बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच भनाभनको अवस्था सृजना भएको थियो ।
बैठकमा प्रधानमन्त्री ओलीमाथि गौतमले विश्वास नगरेको तथा गौतमले ओली आफूविरुद्ध लागेको बताएपछि दुई नेताबीच भनाभनको अवस्था सृजना भएको खबर सार्वजनिक भएको छ ।
सो बैठकमा पार्टीलाई सहमतिका साथ अगाडि बढाउने गरी ओली प्रस्तुत भए पनि उनीहरुबीच विगतदेखिका गतिविधिलाई लिएर भनाभनको अवस्था सृजना भएको हो ।
राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएका गौतम मन्त्री बन्न चाहन्छन् । उनलाई मन्त्री बनाउन प्रधानमन्त्री ओलीमाथि गौतम पक्षधरले दवाव पनि दिएका छन् । बुधबार सर्वाेच्च अदालतले उनलाई राष्ट्रिय सभाको हैसियतमा थप जिम्मेवारी नदिन अन्तिम आदेश जारी गरेको छ ।
तर, यसअघि आइतबार बसेको सचिवालय बैठकमा ओलीले आफूमाथि गौतमले विश्वास नगरेको टिप्पणी गर्दै थप छलफल गर्नुपर्ने बताए । ओलीले भने, ‘वामदेव कमरेडसँग मप्रति विश्वास नै छैन। त्यो कुरा प्रस्ट छ। त्यसैले उहाँसँग छलफल गर्नुपर्छ।’
ओलीको सो अभिव्यक्तिपछि गौतम कड्किए । आफूलाई चुनाव हराउनेदेखि राष्ट्रिय सभामा लैजाने बेला छिर्के थापेकोसम्म ओलीमाथि गौतमले आरोप लगाए । गत प्रतिनिधि सभाको निर्वाचनका बेला बर्दिया १ बाट आफूलाई हराउन लागिपरेका ओलीले पार्टीभित्रबाटै अन्तर्घात गर्दासम्म छानबिन नगरेको गौतमको आरोप छ । तर, अहिले आफूविरुद्ध भइरहेका षड्यन्त्रको सामना गर्नुपर्नेमा उल्टै अपमान गरेको आरोप गौतमले दोहोर्याए ।
बैठकमा ओलीसँग जंगिएका गौतमले भने, ‘पहिला पनि चुनाव हराउनुभयो। हारेपछि छानविन गर्नुभएन। राष्ट्रियसभामा लैजानुअघि चुनावको अत्तो थापेर छिर्के लगाउन खोज्नुभयो। लैजाने निर्णय भएपछि पनि लग्नुभएन। अहिले राष्ट्रियसभामा लगेपछि पनि आलोचना गरिरहनुभएको छ, जबकि डिफेन्ड गर्नुपर्ने हो।’
प्रधानमन्त्री ओलीबाट आफू निकै अपमानित हुँदै आएको गौतमले बैठकमा गुनासो गरे । प्रधानमन्त्री ओली र गौतमबीच केहीबेरको भनाभन चलिरहँदा अरु नेता प्रतिक्रियाबिहीन थिए । अन्तिममा कुरा टुंग्याउँदै प्रधानमन्त्री ओलीलाई गौतमले भने, ‘मलाई मन्त्रीमा लगे पनि लग्नुस्, नलगे पनि नलग्नुस् । क्यानडा नेपाल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया