असार २६, २०८२ बिहिबार July 10, 2025

ओली-दाहाल छलफल सकियो, मुख्यसचिवमा बैरागी हुने लगभग निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बिहान ९ बजे पुगेका नेकपा अध्यक्ष प्रचण्ड र ओलीबीच झण्डै दुई घण्टा छलफल भएको थियो ।

केहिबेरपछि मन्त्रीपरिषद्को बैठक पनि बस्दैछ । बैठक अघि दुई अध्यक्षद्धयबीच मुख्यसचिव नियुक्तिका बिषयमा छलफल सकारात्मक रहेको बालुवाटार श्रोतले जनाएको छ । अध्यक्षद्वयको भेटवार्तामा नेकपा संसदिय दलका उपनेता सुबासचन्द्र नेम्वाङ पनि सहभागी भएका थिए ।

दुई अध्यक्षबीचको छलफल केहीबेर अघि सकिए पनि के विषयमा कुराकानी भयो भन्ने बारे नखुलेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारि दिएका छन् । यद्दपी दुई अध्यक्षबिचको बैठकमा अवकाश हुन लागेका मुख्सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदुत बनाउन ओलीले राखेको प्रस्ताव प्रति अर्का अध्यक्ष प्रचण्डले आनाकानी गरेको स्रोतको दावी छ ।

त्यसैगरी मुख्यसचिव लोकदर्शन रेग्मीको ठाँउमा शंकरदाश बैरागीलाई बनाउने बिषयमा अझै कुरा मिलिनसकेको बताईएको छ । अध्यक्ष दाहालकाे सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेकोले मन्त्रीमण्डलमा हेरफेर हुन अझै केही  दिन लाग्न सक्ने बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया