असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५३ हजार ८ सय ९५ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या १९ हजार १९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ११ सय २३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ सय ७७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया