काठमाडौंः आइतबार गरेको स्वास्थ्य परीक्षणमा व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आफुलाई कोरोना संक्रमण देखिएको ढकाल आफैंले जानकारी दिएका छन् ।
‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि आइतबार गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ,’ ढकालले एक सूचना मार्फत जानकारी दिएका छन ।
तर स्वास्थ्यमा त्यस्तो जटिल समस्या नरहेको उनले जानकारी दिए । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए । साथै केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया