श्रावण २, २०८२ शुक्रबार July 18, 2025

११ पटक मन्त्रिमण्डल पुनर्गठनपछि मन्त्रालय फुटाउँदै ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतीमा नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्रयाइने भएको छ ।

तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने तयारि भएको छ । प्रधानमन्त्री ओलीले आफ्नो अढाई वर्षको कार्यकालमा ११ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिसकेपछि अहिले उनी मन्त्रालय नै फुटाउन लागि परेका हुन । दुई अध्यक्षले नेपालको संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास गरेका हुन ।

स्रोतका अनुसार अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वाणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ ।

पार्टीभित्र पटक पटक हुने राजनीतिक विवादलाई पदहरु भागबण्डा गरेर मिलाउने पुरानै संसदीय अभ्यासमा नेकपाका अध्यक्षद्वय जुटेपछि सामाजिक सञ्जालमा आलोचना बढ्न थालेको छ ।

नेकपाको तयारी भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी भएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको सङ्ख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने हो ।

त्यसपछिको तयारि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने हो । अहिले २१ वटा मन्त्रालय छन, अब २४ हुनेछन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको बताईएको छ ।

ओलीले ९ मन्त्रालय मात्र पूर्वमाओवादी समूहलाई दिन सकिने बताउँदै आएका छन । प्रचण्डले भने प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गरेका छन । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै नेकपाका नेताहरु मन्त्री बन्न शीर्ष नेताहरु भेट्न कस्सिएका धेरै भइसक्यो । मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा लामो समय अघिदेखि चलेपनि यसपटक भने यसले कार्यरुप पाउने भएको हो ।

नेकपा उच्च स्रोतका अनुसार पहिलो चरणमा संघीय सरकार र दोस्रो चरणमा प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भइरहेको छ । नेकपा स्थायी कमिटीले यसअघि नै संघीय र प्रदेश सरकार पुर्नगठन गर्ने निर्णय गरिसकेको छ ।

साथै नेकपा स्रोतका अनुसार मन्त्रिमण्डल पुनर्गठनबाट प्रभावित नहुने मन्त्रीहरु उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुन रहेका छन । बाहेकका मन्त्री परिवर्तन हुन सक्नेछन् भने मन्त्री बन्न सक्ने सम्भावना रहेका नेताहरुमा विष्णु पौडेलसहित भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, विशाल भट्टराई, प्रभु साह, देवेन्द्र पौडेल, पम्फा भुषाल, महेश बस्नेत, हरिबोल गजुरेल, सोमप्रसाद पाण्डे, किशान श्रेष्ठ, विरोध खतिवडा, कर्ण थापालगायतका नेताहरु रहेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार