श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा तीन घण्टा छलफल- मन्त्रिपरिषद पुनर्गठन बारे अझै कुरा मिल्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टासम्म भएको छलफल मन्त्रिपरिषद पुनर्गठनको विषयमा केन्द्रित भएको बताईएको छ ।

यस अघि आइतबार दुई अध्यक्षबीच छलफल भएपनि मन्त्रिपरिषद कसरी पुनर्गठन गर्नेबारे निष्कर्ष निस्केको थिएन । केहीमन्त्री थप थर्ने वा पुराना अनुहार हटाएर नयाँ ल्याउने भन्नेबारे दुई अध्यक्षबीच ठोष सहमति जुट्न सकेको छैन ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा मन्त्रीको भाग पुर्याउन तीन मन्त्रालय फुटाउने तयारीसमेत भइरहेको बालुवाटार श्रोतको दाबी छ। अध्यक्षद्वयबीच भएको उक्त भेटवार्तामा महासचिव बिष्णु पौडेल  तथा संसदीय दलका उपनेता सुबास नेम्वाङको पनि उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार