श्रावण २४, २०८३ आइतबार August 9, 2026

सम्झौतामध्ये ७३ प्रतिशतमा ईन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशभर ब्रोेडब्यान्ड नेटवर्क तथा कनेक्टिभिटी पुर्याउने उद्देश्यअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएका परियोजनाको सम्झौता भएमध्ये ७२.७० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणका अनुसार भदौ मसान्तसम्म १० हजार ५१८ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट जडान भइसकेको छ । ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत कुल १८ प्याकेजमध्ये प्राधिकरणले १७ वटा प्याकेजमा सम्झौता गरेको छ । सम्झौता अनुसार कुल १४ हजार ४६८ स्थानमा ब्रोडब्यान्ड जडान गर्नुपर्नेमा हालसम्म उल्लेखित प्रगति भएको प्राधिकरणले जनाएको छ ।

जडान भएमध्ये ४६९ स्थानीय निकायको कार्यालय, तीन हजार ९३७ वडा कार्यालय, तीन हजार २९० माध्यमिक विद्यालय र दुई हजार ८२२ स्वास्थ्य संस्था छन् । प्राधिकरणले कुल १८ वटा प्याकेजमा गरी देशभर १६ हजार ६०१ स्थानमा ब्रोडब्यान्ड जडान गर्ने लक्ष्य राखेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर प्राधिकरणले अनुमति प्राप्त सेवा प्रदायकलाई प्रतिस्पर्धा गराएर ब्रोडब्यान्ड नेटवर्क विस्तार र जडानको जिम्मेवारी दिएको छ ।

यो परियोजनाका लागि पाँच अर्ब २६ करोड ९७ लाख रुपियाँको सम्झौता भए पनि भदौ मसान्तसम्म दुई अर्ब ६२ करोड १४ लाख रुपियाँ मात्र भुक्तान गरिएको प्राधिकरणले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओली–प्रचण्ड सहमतिअनुसार प्रदेशमा अझै बनेनन् सरकार : कतै कांग्रेस बाधक, कतै पुगेन गणित
२०८३ श्रावण २४, आइतबार
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार