असार २६, २०८२ बिहिबार July 10, 2025

काठमाण्डौं उपत्यकामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६४९ जना, ललितपुरमा १३२ र भक्तपुरमा ३६ गरि उपत्यकामा ८१७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८० जनामा पीसीआर परिक्षण गर्दा १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको प्रवक्ता गौतमले जानकारि दिए । यस्तै थप ७४२ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५४ हजार ६४० पुगेको छ । आज देशभर ६,३१० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको संक्रमणबाट मृत्यु भएसंगै मृतकको संख्या ४८१ पुगेको हो ।

मृत्यु हुनेमा सुनसरीका ३८ बर्षिय महिला, धक्तपुरकी ५१ बर्षिय महिला, बाँकेमा ४७ बर्षिय पुरुष र गुल्मीमा ३४ बर्षिय पुरुष रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया