असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा एकैदिन १५ सय १३ जना नयाँ सङ्क्रमित थपिए- कुल सङ्क्रमितको संख्या ७६ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोनाभाइरसका एक हजार ५ सय १३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म दश लाख नौ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ७३१ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको निधन भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया