असार २२, २०८२ आइतबार July 6, 2025

हामीले प्रतिपक्षको दायित्व निभाउँनुपर्छ, पार्टीभित्रकै वर्चस्वको चिन्तामा अल्मलिनुहुँदैन- नविन्द्रराज जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईँहरूले पार्टी सभापतिलाई किन असहयोग गर्नुभयो ? शेरबहादुर देउवालाई किन अल्टिमेटम दिनुभयो ? के कारणले दिनुभयो ?

हामीले नेपाली कांग्रेसमा कुनै व्यक्तिका विरुद्धमा होइन, प्रवृत्तिका विरुद्धमा अहिले हामीले एउटा हिजो जुन सुझावपत्र भन्नु्होस् या विरोधपत्र भन्नुहोस्, पार्टी विधिसम्मत चल्नुपर्छ । आगामी १४औं महाधिवेशन जुन छ, फागनु ७ गते, त्यो निर्णय नेपाली कांग्रेसले गरेको छ । यथासमयमा त्यो महाधिवेशन स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न हुनुपर्छ भन्ने कुरालाई हामीले मूल रूपमा राखेका छौँ । र, अहिले नेपाली कांग्रेसको विधानले पनि चार वर्षको अवधि अधिवेशनको लागि भनेको छ । त्यसमा विशेष परिस्थितिमा एक वर्ष थप्ने प्रावधान पनि छ । तर त्यो बीचमा निष्पक्ष रूपमा महाधिवेशनको तयारी गरौँ, सक्रिय सदस्यको काम टुंग्याऔँ भन्ने प्रतिबद्धतामा धेरै केन्द्रिय सदस्य साथीहरूले बोल्नुभएको थियो, समय हुँदैछ यो । समय हुँदै काम गर्ने आफ्नो जिम्मेवारी पूरा गर्ने काम हुनुपर्छ । सभापतिले त्यसतर्फ प्रेरित गर्नुपर्ने, काम गर्ने प्रवृत्ति, कर्मशीलता कमी हुन थालेकोे छ । आफ्नो जिम्मेवारी पूरा नगर्ने आजको पार्टीको महाधिवेशनदेखि लिएर संस्थासम्मका कुराहरूमा, त्यसैले अहिले पनि के छ भने निश्चित रूपमा महाधिवेशन कहिले हुने भन्ने जुन निस्क्रियता देखिन्छ, महाधिवेशन घोषणा त भयो तर फागुनमा नै गर्न जुन किसिमको क्रियाशीलता, सक्रियता हुनुपर्ने हो, त्यो हामीले पाईरहेका छैनौँ ।

महाधिवेशन गराउने सबैको दायित्व हो नि त । तपाईँको पनि त हो नि, होईन र ?

हामीले भनिरहेका छौँ नि त । सबैको दायित्वभित्र परेकै हुनाले महामन्त्रीज्यु, कोषाध्यक्षज्यु, पूर्वमहामन्त्रीज्युहरूले त्यसको मूल आशय नै के भने समयमा निर्वाचन, हामी त महाधिवेशनका लागि आवश्यक पर्छ भने सहयोग गर्न तयार छौँ । हामी गरिरहेकै छौँ ।

तर तपाईँहरूले त विवादको बीउ रोप्नुभयो नि त, कांग्रेसभित्र । यो हस्ताक्षरले त कांग्रेसमा द्वन्द्व देखियो नि ?

हामीले कुनै व्यक्तिको विरुद्धमा नभईकन यो प्रवृत्तिका विरुद्धमा गरेका हौँ । नम्बर एक त के छ भने महाधिवेशनको कुरा गरेका छौँ, दुई नम्बरमा हामीले के भनिरहेका छौँ भने लोकतन्त्रका विरुद्धमा आफुलाई अधिनायकवादतिर उन्मुख गराउने लागेको प्रस्ट रूपमा देखिन्छ । अब यो सरकारका विरुद्धमा आज नेपाली कांग्रेसले यसको भ्रष्टाचार, आम नागरिकको स्वास्थ्यको केही वास्ता गरेको छैन । आज ओम्नीदेखि लिएर सुनकाण्डदेखि लिएर आजसम्म कोभिड–१९ को सन्दर्भमा मुलुकमा भ्रष्ट्राचार भएको छ । ह्वाइट बडीका कुरा छन् । निर्मला पन्त, अस्तिको सम्झना १२ वर्षको बालिकाको कुरा छन् । जनता त आज भोकभोकै मर्ने अवस्थामा छन् । जनताले नेपाली कांग्रेसबाट अपेक्षा राख्छन् । के अपेक्षा राख्छन् भने समस्यालाई लिएर नेपाली कांग्रेसले सशक्त रूपमा अगाडि बढोस् भन्ने र हामीले दोस्रो कुरा के गरिरहेका छौँ भने मूलत: भ्रष्ट्राचारमा लिप्त छ सरकार, अधिनायकतर्फ अगाडि बढेको छ । हामीले प्रतिपक्षको दायित्व निभाउँनुपर्छ । पार्टीभित्रकै वर्चस्वको चिन्तामा अल्मलिनुहुँदैन । मूलत: आम नागरिकको जुन विश्वास र अपेक्षा छ, त्यहीअनुरूप आफुलाई त्यो राजनीतिक एक्सनमा सडकदेखि सदनसम्म लग्नुपर्छ भनेर हामीले भनेका छौँ । यो कुरामा संगठनको आन्तरिक जीवनमा सुदृढ गर्नुपर्छ ।

तपाईँहरूको मुख्य माग भनेको क्रियाशील सदस्यता वितरणमा धाँधली भयो भन्ने हो ?

यसमा के भन्दाखेरि हामीले एउटा त विधि÷विधान संरक्षण हुनुपर्छ । पार्टी विधानको पालना र संरक्षण कसल गर्ने त ? केन्द्रिय समितिले, पार्टी सभापतिज्युले त्यसतर्फ ध्यान दिनुपर्छ । जुन अवैधानिक निर्णयहरू छन्, स्थानीय समायोजनका विषयमा अवैधानिक निर्णयहरू भएका छन्, ती निर्णयहरू खारेज हुनुपर्छ, विधानले नदिएका विषयहरू । आज पनि सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लाको समायोजन प्रक्रिया पूरा हुन सकेन । यसको पछाडि के कारणहरू छन् ? यदि हामी महाधिवेशन गर्छौँ, महाधिवेशनमा नयाँ–नयाँ नेतृत्वहरू आउँछन्, गाउँगाउँमा अहिलेका सरकारका क्रियाकलाप र बहस छन्, पार्टीलाई कसरी अगाडि लग्ने ? पार्टीलाई राम्रो रूपमा अगाडि लग्ने कुराहरूमा बहस हुन्छन् । पार्टीभित्र एक किसिमको एकता जगाउन आवश्यक छ । त्यो विश्वासको वातावरण आवश्यकता छ भने हामी यो व्यवहार गर्न थालिएको छ, यो निन्दनीय छ । त्यसैले के भन्दाखेरि मूलत: सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक जिल्लाहरूमा सबै कुरा टुंगिसकेको छ । क्रियाशीलता वितरणमा अवरोध गरिएको छ । सोलुखुम्बु जिल्लाको कुरा गर्नुहुन्छ भने त्यहाँ केन्द्रिय रूपले नै जाँचबुझ गरीकन सिफारिस गरिसकेको अवस्था छ । समायोजनको कुरा र क्रियाशील सदस्यताको कुरा गर्दा रसुवाको कुरा गर्ने हो भने सम्बन्धित तहको सिफारिसमा केन्द्रीय कार्यसमितिले आवश्यक निर्णय गरेर पठाएको स्थिति छ । भनेपछि जिल्लाहरूलाई तपाईँले यसरी हेर्नुभयो भने सर्लाहीमा विधानविपरित भएको छ । सप्तरीमा निर्देशिकाबमोजिम समायोजन होस् । हामीले के भनेका छौँ भने सबै हाम्रो बुँदा हो कि जुन विधान छ, जस्तो हामीले निर्वाचन समितिलाई निर्देशिका दिएका छौँ, समायोजनमा । त्यो निर्देशिकाको कार्यविधि विपरित नहोस्, कार्यविपरित भईदियो भने त्यो त के हुन्छ भने विधानविपरित हुन्छ । हस्तक्षेप स्पष्ट रूपमा त्यहाँ देखिन्छ ।

तपाईँहरूले नवप्रवेशीहरुलाई ठाउँ दिन हुँदैन भनेर किन भनिरहनुभएको छ ? भन्नुहोस् त । तपाईँहरूको त ज्ञापनपत्रमा पनि त्यही कुरा लेखिएको छ । सुनिलबहादुर थापालाई सहमहामन्त्री किन बनाउने भनेर तपाईहरुले विरोध गर्नुभएको छ नि ?

गलत सन्देश हो । सबैलाई हामी हार्दिक स्वागत गर्दछौँ । हामी त अहिले युवा पुस्तालाई लिएर आऔँ, सम्मानीत गरौँ भनेर लागिरहेका छौँ । जो आउँछन हामीले हार्दिक स्वागत गर्छौँ । कसलाई कुन तहमा राख्ने, के गर्ने भन्ने कुरा विधानले पनि भनेको छ । स्पष्ट रूपमा केन्द्रिय कार्यसमितिमा आउनुपर्छ । जसलाई पायो त्यसलाई जुन पायो त्यही पदको कुरा त होइन नि त । चाहे त्यो रसुवाको कुरा गर्नुहोस्, चाहे त्यो तपाईँले अहिले भनेको व्यक्तिको कुरा गर्नुहोस् । एउटा पार्टीभित्र विधि-विधान, प्रक्रिया छ । त्यो प्रक्रियालाई सबैले अबलम्बन गरेर अगाडि बढ्नुपर्छ भनेर हाम्रो निर्देशिकाको कुरा गरेका छौँ, हामीले विधि-विधानको कुरा गरेका छौँ । हामीले त्योभन्दा बाहिर कुरा गरेका छैनौँ । त्यसैले क्रियाशील सदस्यता दिने कुरा पनि जुन किसिमले एउटा आग्रह, पूर्वाग्रह नराखौँ, अहिले नेपाली कांग्रेसको एकता व्यापक आवश्यकता हो । नयाँ र पुराना पुस्ताबीच पार्टीभित्र विधानलाई मानेर अगाडि बढ्नुपर्छ । यसमा सभापतिको अग्रणी भूमिका हो । जुन किसिमले विवादलाई वैचारिकता दिनुपर्छ, त्यो हुनुपर्छ ।

अब मलाई के बताउनुहोस् भने अहिलेको अवस्थामा तपाईँहरूले अल्टिमेटम दिनुभएको छ, यदि एक हप्ते अल्टिमेटमको अवधिमा पार्टी सभापति शेरबहादुर देउवा नसच्चिए, अब तपाईँहरूले चरणबद्ध रूपमा आन्दोलन गर्ने भन्नुभएको छ । कस्तो किसिमको आन्दोलन गर्नुहुन्छ ? आन्दोलनको स्वरूप कस्तो हुन्छ ?

आन्दोलनको स्वरूप त आम कार्यकर्तालाई मोभिलाईज गर्ने, आम कार्यकर्ता मोभिलाईज हुन्छन्, आम कार्यकर्ताको बीचमा एउटा विश्वासको वातावरण कसरी बनाउन सकिन्छ ? मूल कुरा के हो भने महाधिवेशन निष्पक्ष, विधिसम्मत, पारदर्शी होस्, सबैले इमानदारीपूर्वक महाधिवेशनमा भाग लिन पाऊन् । एउटा अझ संगठित हुने मौका होस् । प्रत्येक कार्यकर्ताले मैले विधानको पालना गर्नुपर्छ भन्ने त्यो जागरण र हौसला होस् । त्यहाँ खुल्ला रूपमा बहस र छलफल हुन सकोस् । त्यो निष्ठाको नेपाली कांग्रेस, हामीले सोचेका छौँ । त्यो कर्तव्य पूरा गर्न सक्ने कांग्रेस होस् ।

तपाईँहरू धर्नामा जानुहुन्छ, जुलुस निकाल्नुहुन्छ, । अनशन बस्नुहुन्छ अब ?

हामीलाई के लागेको छ भने सभापतिले जुन कुरा हामीले भनेका छौँ, विधि, विधान, कार्यविधि नेपाली कांग्रेसको विधानले जुन कुरा भनेको छ, त्यो कुरा गर्नुहोस् भनेर भनेका छौँ । कुनै व्यक्तिभन्दा पनि प्रवृत्तिको हामीले विरोध गरेका छौँ । आफ्नो भन्नेलाई पूर्वाग्रही राखेर नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई समग्र रूपमा न्यायपूर्ण रूपमा सबैलाई हेरिनुपर्छ । त्यहाँ जे नियम छ, जे कानुन छ, त्यो कानुनलाई पालना हुनुपर्छ । इतिहासको यो कठिन र चुनौतीपूर्ण अवस्था हामीले हाम्रो एउटा गौरवशाली पार्टी, तीनओटा क्रान्तिको नेतृत्व गरेको पार्टी, संविधान लिएर आएको पार्टी, कानुनको शासनमा विश्वास गर्ने पार्टी, त्यो अवस्थामा हामीले के हेर्न आवश्यक छ भने राजनीतिलाई हामीले अझ पनि विश्वसनीय बनाउन आवश्यक छ । त्यो क्रममा नेपाली कांग्रेसको महाधिवेशनले भूमिका निभाउनुपर्छ । त्यहाँ सबैलाई भूमिका दिन सक्नुपर्छ ।

महाधिवेशन समयमा नै हुनुपर्छ, फागुन ७ बाट हुनुपर्छ भन्ने तपाईँको दबाब हो ?

एकदम एकदम । एक वर्ष त अझै विधानले दिएको समय पनि फागुनमा सिद्दिन्छ त । परिस्थिति के छ भन्दाखेरि चार वर्षभित्र नै गर्न सकिन्थ्यो । यो बीचमा विभागको कुरा गर्नुहोस्, विभागहरू गठन भए । महासमितिले अठ्ठाईस विभागको कुरा पारित गरेको छ, विभाग छ महिनामा गठन गर्नुपर्छ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ । विभागका विषयमा नै शुशील कोइराला पार्टी सभापति हुँदा आदरणीय हाम्रो शेरबहादुर दाई वरिष्ठ नेता हुनुहुन्थ्यो । उहाँले नै समयावधि नाघेको हुनाले म स्वीकार्दिन भनेर राजीनामासम्मको कुराकानी भयो । तरुण दलका युवाहरु र विद्यार्थीहरू अनशन बसे । यो अवस्थामा सभापतिजीले जुन मापदण्ड राख्नुभयो, आज के त्यो मापदण्ड परिवर्तन हुने ? आज त महाधिवेशन आउँदैछ । यो अवस्थामा विभागहरू बनाउँदाखेरि वास्तवमा चारवर्षभित्र बनाएको भए स्थानीय, प्रदेश, र केन्द्रको निर्वाचन अगाडि आज पाँचसय, नौसयजनाले क्रियाशील सदस्यता पाउँथे नि त । हामीले बारम्बार भनेका पनि हौँ । जुन विधानले दिएको छ, त्यो गर्नुहोस् है भनेर तर उहाँले गर्नुभएन । अहिले आएर महाधिवेशनलाई प्रभावित हुने गरी विभागमा बस्नेहरूको पनि असम्मान हो त्यो । अवैधानिक रूपमा बनेको विभागको कुराहरू आयो । जनसम्पर्क समितिहरू जुन छ, त्यसमा पनि हामीले के भनेका छौँ भनेदेखि अधिवेशन होस् ।

धेरैको गुनासो छ–तपाईहरुले सभापतिलाई काम गर्न दिनुभएन भनेर । तपाईँहरूले पनि त चार वर्षसम्म विरोध गर्नुभयो नि ?

सभापतिजीले चाहेको कुन काम गर्न सक्नुभएको छैन ? कतिपय कुरा बहुमत र अल्पमतका कुरा होइनन्, मूल कुरा पार्टीको स्पिरिट के हो ? आज संविधानको रक्षा कसरी गर्ने ? लोकतन्त्रको रक्षा कसरी गर्ने ? फेडेरल सिस्टमको खिल्ली उडाईएको छ । युनिलेक्च्युअल सिस्टमभित्र फेडेरल सिस्टम जस्तो गरिएको छ । समावेशीका कुरामा वेशिक फिचरमाथि नै प्रहार गरिएको छ । आज पार्लियामेन्टलाई सरकारमाथि जिम्मेवार बनाउन खोजिएको छ । पार्लियामेन्टप्रति सरकार जिम्मेवार हुनुपर्ने तर पार्लियामेन्टलाई जिम्मेवार बनाउन खोजिएको छ । आज कानुनबाट होइन, कानुन बनाएर शासन गर्छु भन्ने वर्चस्व बढ्न थालेको छ । उनीहरू जथाभावी गर्न थालेका छन् । यो कुरालाई लिएर हामी सडकमा किन गएनौँ भन्ने कुराहरू हामीले प्रश्न गरेका छौँ । आज मिडियालाई लोकतन्त्रको लागि म तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु । भोकभोकै सडकमा हिँडिरहेको, बसिरहेको कुरा, सरकार के भन्छ, कसैले पनि खान नपाएको कुरामा तपाईँ मिडिया साथीहरूले सबै ठाउँमा खिचेर देखाइदिनुभएको छ, सरकारलाई सचेत गराउनुभएको छ । आज त्यसैले के हो भने लोकतन्त्रको जुन स्पिरिट हो, लोकतन्त्रको मूल्य र मान्यता नै नेपाली कांग्रेसको वेशिक कार्य हो ।

आगामी केन्द्रिय समितिको बैठकमा तपाईँहरू भाग लिनुहुन्छ कि हुन्न ?

अवश्यै हुन्छौँ । केन्द्रिय समितिको बैठकले नै सबै कुराको छिनोफानो गरोस् । म तपाईँलाई भातृ संस्थाकै कुरा गरुँ, नेविसंघको तपाईँले देख्नुभएको छ, समयावधि सिद्धियो, यो साँढे चारवर्षको तपाईँले स्थिति हेर्नुभयो भने अधिवेशनको लागि तरुण दलमा चारजना भन्दा बढी छैनन् । आज एउटा भातृ संस्थाको अध्यक्ष भईसकेपछि केन्द्रिय समितिमा तल्लो निकायदेखि छोड्नुपर्छ, माथिल्लो निकायमा जाँदाखेरि, त्यो कुनै स्थिति छैन । त्यसैले नेपाली कांग्रेस भनेको यस्ता भातृ संस्थाहरूलाई क्रियाशील बनाएर हामीले विदेशी जनसम्पर्कको कुरा गरिहाल्यौँ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार