असार २६, २०८२ बिहिबार July 10, 2025

बुधबार एकैदिन थपिए १५ सय ५९ जना कोरोना भाइरसका नयाँ विरामी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस मिटका क्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ५६ हजार४ सय २८ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १० हजार ८ सय ४ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ९८ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया