असार २९, २०८२ आइतबार July 13, 2025

उपमहानगरका कर्मचारीलाई कोराना पुष्टि भएपछि सेवा प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि हुन थाले पछि सेवा प्रवाह पनि प्रभावित हुन थालेको छ ।

उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको केही दिनका लागि सेवा बन्द गरिएको छ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।

सूचना शाखाका एक , घर नक्सा शाखाका दुई र अनुगमन अधिकृत सहित कर्मचारीमा कोेरोना पुष्टि भएको उहाँले बताउनुभयो । सङ्क्रमणकै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । आजदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा १२ र ३ का वडा सदस्यलाई पनि सङ्क्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ ।

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार