काठमाण्डौ: राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मलेन आगामी आगामी चैत्रमा हुने भएको छ ।
आज अनलाइन माध्यमबाट बसेको केन्द्रीय समितिको बैठकपछि केन्द्रीय कार्यालयद्वारा जारी प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको हो ।
महासचिव जनकराज शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा सम्मेलन सफल पार्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय दस्तावेज मस्यौता समिति तथा महासचिव जनकराज शर्माको संयोजकत्वमा सम्मेलन व्यवस्थापन समिति गठन गरिएको जानकारी दिइएको छ ।
कोरोना सङ्क्रमण, भ्रष्टाचार, गरिबी, बेरोजगारी, हत्या, हिंसा, बलात्कार तथा राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि बढ्दो हस्तक्षेपको विषयसमेत उठाइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया