श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपा सचिवालय बैठक आज अपरान्ह बस्दै- यस्ता छन् बैठकका एजेन्डा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

आज शनिवार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकमा पूर्वनिर्धारित एजेन्डाभन्दा सरकारका पछिल्ला नियुक्तिमा केन्द्रित हुने सम्भावना बढेको एक स्थायी समितिले  बताए ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बस्ने बैठकमा स्थायी कमिटीका निर्णय कार्यान्वयनमा देखिएका जटिलता लगायतका बिषयमा छलफल हुन  लागेको हो ।

तीनदिन अघि बिहीबार मात्रै सरकारले मुख्यसचिव र तीन देशका राजदूतमा नियुक्त गरेपछि नेकपाभित्र विवाद देखापरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा नयाँ विवाद जन्मेको हो ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकको प्रस्ताव र मर्मविपरित प्रधानमन्त्री ओलीले पछिल्लो कदम चालेकोले सरकारको पछिल्ला नियुक्तिलाई लिएर बैठकमा असन्तुष्टि राख्ने तयारी गरेको सचिवालय स्रोतले बतायो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोशी प्रदेश, अनलाइन टिभी पत्रकार संघकाे अध्यक्षमा किशोर श्रेष्ठ चयन
२०८२ श्रावण २, शुक्रबार
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार