जेठ ५, २०८३ मंगलबार May 19, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

हिन्दू अधिराज्य नेपाल र राजसंस्थाको वकालत गर्दै आएका प्रसाइ होटलबाटै प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् ।

उनलाई प्रहरीले आज वीरगन्जको दियालो होटलमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउका क्रममा प्रतिक्रिया दिँदै प्रसाईंले आफू हिन्दू अधिराज्य नेपाल र राजसंस्थाका लागि पूजा गर्न वीरगञ्ज आउँदा पक्राउ गरिएको बताए ।

पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले प्रसाईंलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

पक्राउको कारण भने खुलेको छैन । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ गर्दै छुट्दै गर्ने गरेका छन् ।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय हिन्दू अधिराज्य नेपाल र राजसंस्थाको वकालत गर्दै आएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया