काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आयोजित नियमित प्रेस व्रिफिङ्गका क्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६४ हजार ६९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या ११ हजार ८ सय ९३ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ५३ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया