असार २९, २०८२ आइतबार July 13, 2025

अर्घाखाँची प्रसासनका सीडीओ र सहायक सीडीओलाई कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । आईतबार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार  प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ सहायक प्रजिअ खनालले भने, ‘अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ होम आइसोलेसनमा बस्नु भएको छ ।’ सहायक प्रजिअ थापामा भने कुनै लक्षण नदेखिएको उनले बताए ।

‘जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापना लगायतका कार्यमा प्रजिअ पौडेल लगायत खटिनु भएको थियो,’ खनालले भने, ‘सोही क्रममा संक्रमण भएको हुन सक्छ ।’

प्रजिअ पौडेलले शुक्रबार एक सूचना जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्धार, राहत र पुनःस्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा खटिँदै हामी कोरोना संक्रमति हुन पुगेका छौं । हामी कामको शिलशिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि थियौं । हामीसँग सपर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भई उच्च मनोवलका साथ स्वास्थ्य मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।’

जिल्ला प्रसासन कार्यालयले जारी गरेको सूचना सहित:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार